नेपालविरुद्ध बंगलादेश

राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कार्यबाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बन्द प्रशिक्षणमा रहेका खेलाडी संख्या ३० जनामा घटाएका छन् ।

सेप्टेम्बर २७ मा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा रहेका ४० खेलाडीबाट डिफेन्डरहरु– देवेन्द्र तामाङ, छिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ, गौतम श्रेष्ठ बाहिरिएका छन् ।

यस्तै, मिडफिल्डरहरु पुजन उपरकोटी, राजन गुरुङ र सुवाष गुरुङ बाहिरिँदा फरवार्डद्वय जर्ज प्रिन्स कार्की र आशिष चापागाईँ पनि ३० जनामा परेनन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी विदामा भएकाले साउन २६ गते बसेको एन्फाको कार्यसमिति बैठकले कार्यबाहक मुख्य प्रशिक्षकमा हुमागाईँलाई नियुक्त गरेको थियो । हाल राष्ट्रिय टिमको सहायक प्रशिक्षक युगल किशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल छन् ।

बन्द प्रशिक्षणमा रहेको नेपाली टिम

गोलकिपरहरू– किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डरहरू–  अनन्त तामाङ, रोहित चन्द, विकाश तामाङ, विकाश खवास, दिनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल

मिडफिल्डरहरू– तेज तामाङ, शेशेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, मनिष डाँगी, सुरज जीउ ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभाष लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट

फरवार्डहरु– विमल घर्ती मगर, रितिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ