स्पेनिस ला लिगा

मेसीलाई क्याम्प नोउ फर्काउने जाभीको चाहाना

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले आगमी सिजन अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई क्याम्प नोउमा ल्याउने प्रयास गरिने बताएका छन् ।

जाभीले गत साता मेसी पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएको र उनको सम्झौता अबधी एक सिजन बाँकी रहेकाले नयाँ सिजनका लागि उनलाई ल्याउन नसकिने प्रतिक्रिया दिएका थिए ।

अर्जेन्टिनाका कप्तान मेसीले बार्सिलोनासँगको २१ वर्षे बसाईलाई बिट मार्दै दुई वर्षको लागि पिएसजीमा अनुबन्धित भएका थिए । बार्सिलोनाका अध्यक्ष जोन लापोर्ताले बिहीबार मेसीसँग पुनः सम्झौता गर्ने सोच रहेको बताएका थिए ।

जाभी पनि  पूर्व सहकर्मी मेसीलाई क्लबमा फर्काउन चाहन्छन् । अध्यक्ष लापोर्ता मेसीले क्याम्प नोउमा घरेलु समर्थकमाझ व्यवसायिक खेलजीवन अन्त्य गरेको हेर्न चाहन्छन् ।

‘मेसी पिएसजीमा अनुबन्ध छन् । उनको क्याम्प नोउबाट सुखद बिदाई हुन सकेको थिएन,'भने, ‘उनी क्लबकै सर्वकालिन खेलाडी हुन् । हामी मेसी क्याम्प नोउ फर्किएको हेर्न चाहन्छौ । तर यस सिजन बार्सिलोाबाट उनको पुनरागमनको सम्भावना छैन । आगामी सिजन हामी उनलाई क्याम्प नोउबाट पुनरागमन गराउनेमा आशाबादी छौ ।’