माघ १६, २०८२ शुक्रबार | ००:०८:४०
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

नेपाललाई त्रिदेशीय प्रतियोगिता खेल्न ब्रुनाईको प्रस्ताब, एन्फाले फर्काएन जवाफ

काठमाडौं । ब्रुनाई फुटबल संघ (एफएबिडी)ले आफ्नो नयाँ रंगशाला उद्घटनको अवसरमा आयोजना गर्ने प्रस्तावित त्रीदेशीय फुटबल प्रतियोगिताका लागि नेपाललाई निमन्त्रणा गरेको छ ।

आगामी सेप्टेम्बर २१ (असोज ५ गते) देखि सेप्टेम्बर २७ (असोज ११) गतेसम्मका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गर्ने प्रस्तावसहित एफएबिडीले नेपाली राष्ट्रिय टोलीलाई निमन्त्रणा पठाएको हो । एफएबिडीले साउन चार गते नै निमन्त्रणा पत्र पठाए पनि भागबण्डाको खेलमा रुमल्लिइरहेको एन्फाले त्यसको जवाफ अहिलेसम्म पठाएको छैन ।

एफएबिडीका महासचिव मोहम्मद शाहनोन मोहम्मद सालेहले एन्फा महासचिव किरण राईलाई सम्बोधन गर्दै पठाएको पत्रअनुसार प्रतियोगितामा ब्रुनाई र नेपालसँगै लाओसको राष्ट्रिय पुरुष फुटबल टोलीको सहभागिता रहने प्रस्ताब गरिएको छ ।

एफएबिडीले भर्खरै निर्माण गरिएको एफएबिडी मिनी ग्राण्डस्ट्यान्डको उद्घाटनको अवसरमा यो त्रीदेशीय प्रतियोगिता गर्न खोजेको जनाएको छ । एफएबिडीले असोज पाँच गते नेपाल र लाओस, असोज आठ गते नेपाल र ब्रुनाई तथा असोज ११ गते ब्रुनाई र लाओसबीच खेल गराउने प्रस्ताव गरेको छ ।

‘प्रतियोगिताको अत्यावश्यक तयारी, खासगरी फिफा र एएफसीबाट मान्यता प्राप्त गर्नेलगायतका विषयका लागि समय आवश्यक पर्ने भएकाले यो निमन्त्रणा पत्रको तत्काल जवाफ  पाउने अपेक्षा गरेका छौं,’ पत्रमा भनिएको छ ।

तर, असार ६ गतेको साधारणसभाबाट निर्वाचित एन्फा कार्यसमितिले अहिलेसम्म पत्रको कुनै जवाफ पठाएको छैन । नवनिर्वाचित कार्यसमितिले विभिन्न पदमा गर्नुपर्ने नियुक्तिको भागबण्डा मिलाउन नसकेका कारण बैठक समेत गर्न असमर्थ भइरहेका बेला यसलाई प्राथमिकतामा राख्न नसकेको एक वरिष्ठ पदाधिकारीले खेलाडीलाई बताए ।

‘यो विषयमा अनौपचारिक छलफल भइरहेको छ । तर बैठक बस्न नसकेका कारण औपचारिक निर्णय गर्न सकेका छैनौं,’ उनले भने, ‘बैठक बसेरै निर्णय गर्छौ ।’

ती पदाधिकारीका अनुसार यही मितिमा बंगलादेशको राष्ट्रिय टिमले पनि नेपालसँग मैत्रीपूर्ण खेलको प्रस्ताब राखेकाले ब्रुनाईको त्रीदेशीय प्रतियोगिता खेल्ने सम्भावना चाँही अत्यन्तै न्युन छ ।

‘बंगलादेशले पनि हामीसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको छ । हामी बंगलादेशसँग खेल्ने विषयमा सकारात्मक छौं । हामीले बंगलादेशलाई मौखिक सहमति पनि दिइसकेका छौं । बैठक बस्न नपाएका कारण मात्र त्यसलाई औपचारिक रुपमा सार्वजनिक गर्न नसकेका हौं । ब्रुनाईमा गएर खेल्ने सम्भावना अत्यन्तै कम भएकाले पनि धेरै चासो नदिएका हौं,’ उनले थपे ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।