चैत्र ११, २०८२ बुधबार | २२:२०:४३
निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध

नेपाललाई त्रिदेशीय प्रतियोगिता खेल्न ब्रुनाईको प्रस्ताब, एन्फाले फर्काएन जवाफ

काठमाडौं । ब्रुनाई फुटबल संघ (एफएबिडी)ले आफ्नो नयाँ रंगशाला उद्घटनको अवसरमा आयोजना गर्ने प्रस्तावित त्रीदेशीय फुटबल प्रतियोगिताका लागि नेपाललाई निमन्त्रणा गरेको छ ।

आगामी सेप्टेम्बर २१ (असोज ५ गते) देखि सेप्टेम्बर २७ (असोज ११) गतेसम्मका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गर्ने प्रस्तावसहित एफएबिडीले नेपाली राष्ट्रिय टोलीलाई निमन्त्रणा पठाएको हो । एफएबिडीले साउन चार गते नै निमन्त्रणा पत्र पठाए पनि भागबण्डाको खेलमा रुमल्लिइरहेको एन्फाले त्यसको जवाफ अहिलेसम्म पठाएको छैन ।

एफएबिडीका महासचिव मोहम्मद शाहनोन मोहम्मद सालेहले एन्फा महासचिव किरण राईलाई सम्बोधन गर्दै पठाएको पत्रअनुसार प्रतियोगितामा ब्रुनाई र नेपालसँगै लाओसको राष्ट्रिय पुरुष फुटबल टोलीको सहभागिता रहने प्रस्ताब गरिएको छ ।

एफएबिडीले भर्खरै निर्माण गरिएको एफएबिडी मिनी ग्राण्डस्ट्यान्डको उद्घाटनको अवसरमा यो त्रीदेशीय प्रतियोगिता गर्न खोजेको जनाएको छ । एफएबिडीले असोज पाँच गते नेपाल र लाओस, असोज आठ गते नेपाल र ब्रुनाई तथा असोज ११ गते ब्रुनाई र लाओसबीच खेल गराउने प्रस्ताव गरेको छ ।

‘प्रतियोगिताको अत्यावश्यक तयारी, खासगरी फिफा र एएफसीबाट मान्यता प्राप्त गर्नेलगायतका विषयका लागि समय आवश्यक पर्ने भएकाले यो निमन्त्रणा पत्रको तत्काल जवाफ  पाउने अपेक्षा गरेका छौं,’ पत्रमा भनिएको छ ।

तर, असार ६ गतेको साधारणसभाबाट निर्वाचित एन्फा कार्यसमितिले अहिलेसम्म पत्रको कुनै जवाफ पठाएको छैन । नवनिर्वाचित कार्यसमितिले विभिन्न पदमा गर्नुपर्ने नियुक्तिको भागबण्डा मिलाउन नसकेका कारण बैठक समेत गर्न असमर्थ भइरहेका बेला यसलाई प्राथमिकतामा राख्न नसकेको एक वरिष्ठ पदाधिकारीले खेलाडीलाई बताए ।

‘यो विषयमा अनौपचारिक छलफल भइरहेको छ । तर बैठक बस्न नसकेका कारण औपचारिक निर्णय गर्न सकेका छैनौं,’ उनले भने, ‘बैठक बसेरै निर्णय गर्छौ ।’

ती पदाधिकारीका अनुसार यही मितिमा बंगलादेशको राष्ट्रिय टिमले पनि नेपालसँग मैत्रीपूर्ण खेलको प्रस्ताब राखेकाले ब्रुनाईको त्रीदेशीय प्रतियोगिता खेल्ने सम्भावना चाँही अत्यन्तै न्युन छ ।

‘बंगलादेशले पनि हामीसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको छ । हामी बंगलादेशसँग खेल्ने विषयमा सकारात्मक छौं । हामीले बंगलादेशलाई मौखिक सहमति पनि दिइसकेका छौं । बैठक बस्न नपाएका कारण मात्र त्यसलाई औपचारिक रुपमा सार्वजनिक गर्न नसकेका हौं । ब्रुनाईमा गएर खेल्ने सम्भावना अत्यन्तै कम भएकाले पनि धेरै चासो नदिएका हौं,’ उनले थपे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो