नासियोनल

स्वारेज नासिनियोलमा अनुबन्ध

मड्रिड । लुइस स्वारेज आफ्नो पूर्वक्लब नासियोनलमा अनुबन्ध भएका छन् ।

उरुग्वेका स्ट्राइकर लुईस स्वारेज गत सिजन एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि क्लबबिहिन छन् । स्वारेजको अनुबन्धमा रिभर प्लेट र बोरुसिया डर्टमन्ड पनि देखिएका थिए । 

तर स्वारेजले भने आफ्नो पूर्वक्लब नासियोनलमा फर्किने निर्णय गरेका थिए । उनले मंगलबार पूर्व क्लब नासिनियोलको प्रस्ताव स्विकार गरेको र केही दिनमै औपचारिक सम्झौता हुने जानकारी दिएका थिए । 

‘म यो जर्सी पुनः लगाउन पाउँदा हर्षित छु,’ स्वारेजले टिव्ट गरेका छन्, सबैलाई साथका लागि धन्यवाद । छिट्टै भेटौला । '

दुवै पक्षले सम्झौता रकम र अबधीबारे केही खुलाएका छैनन ।

स्वारेजले १८ वर्षको उमेरमा सन् २००५ मा नासियोनलबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए । त्यसयता उनले आयाक्स, लिभरपुल ,बार्सिलोना र एट्लेटिकोबाट खेलिसकेका छन् ।

उनले एट्लेटिकोबाट दुई सिजनमा ६७ लिग खेल खेल्दै ३२ गोल गरेका छन् ।