इटालियन सिरी ए

स्कामक्का वेस्ट हम जाने पक्का

मिलान । इटालियन सिरी ‘ए’ को क्लब सासौलो स्टइकर  जियानलुका  स्कामक्कालाई इङलिस प्रिमियर लिगको क्लब वेस्ट हममा बेच्न सहमत भएको छ ।

वेस्ट हमले  स्कामक्कालाई  ३६ मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको हो ।

उनलाई भित्राउन वेस्ट हम सहित फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) इच्छुक देखिएको थियो । तर सासौलोले भने उनलाई तत्काल अन्यत्र नपठाउने बताएको थियो ।

 स्कामक्काले गत सिजन सिरी ‘ए’ मा ३६ खेल खेल्दै १६ गोल गरेका थिए । 

‘स्कामक्का इटालीको भविष्य हुन्, उनले गत सिजन आफ्नो खेलमा धेरै सुधार ल्याएका थिए । उनले अझ आफ्नो क्षमता देखाउन बाँकी छ,'सासौलोका कार्यकारी निर्देशक जियोभानी कार्नभालीले भने, ‘उनी शारीरिक रुपमा र प्राबिधिक रुपमा पनि अब्बल खेलाडी हुन् ।’