इडेन हाजार्ड

मड्रिड छोड्ने चाहना नरहेको हाजार्डको स्पष्टीकरण

मड्रिड । स्ट्राइकर इडेन हाजार्डले रियाल मड्रिड छोड्ने चाहना नरहेको प्रष्ट्याएका छन् । यसअघि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले हाजार्ड पनि ग्यारेथ बेललाई पछ्याउदै अमेरिकी मेजर लिग सकर खेल्ने जनाएका थिए ।

यद्यपि, हाजार्ड भने उक्त कुरा अफवाह मात्र भएको जनाउँदै आफू मड्रिडका लागि योग्य रहेको बताए ।

‘पछिल्लो केही सिजनयता मेरो प्रदर्शन उल्लेखनीय हुन सकेको छैन । यसैकारण समर्थकहरुमाझ आफूलाई प्रमाणित गर्न चाहन्छु । यो नै मेरो एकमात्र लक्ष्य हो,’ हाजार्डले भने ।

गएको सिजन हाजार्डले मड्रिडबाट कुल १७ खेल खेलेका थिए । जसमध्येका सात खेलमा मात्र उनी मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीको पहिलो रोजाईमा परेका थिए ।