पुस २९, २०८१ सोमबार | २३:२४:०८
पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ पिएसएल अक्सनः सबै नेपाली खेलाडी ‘अनसोल्ड’ एनकेएलका लागि उत्साहित छुः घनश्याम अन्तरविद्यालय बास्केटबलः जुनियर ब्वाइजतर्फ नेरिक क्वाटरफाइनलमा सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन राखेप उपाध्यक्ष ध्रुर्व आचार्यले गरे पदभार ग्रहण महिला फुटबलमा गोलकिपरको अभाव बागमतीविरुद्ध आर्मीको सहज जित विनाको कप्तानीमा कर्णालीको टोली घोषणा अभ्यास खेलमा नेपाल पराजित बराबरीमा रोकिए संकटा र एपिएफ
शनिबारको दिन क्रिकेट

स्टोक्सको संन्यासः हामी गाडी होइनौं, सधैं चलाइराख्न

लन्डन । विश्व क्रिकेटका लागि बेन स्टोक्सले एकदिवसीय क्रिकेटबाट संन्यास लिनु केही आश्चर्यको विषय रह्यो । सायद स्टोक्स भने यस संन्यासबाट दुविधामा थिएनन् । यसमा उनको प्रतिक्रिया पनि मज्जाको थियो । उनी भन्थे, ‘हामी कुनै गाडी होइनौं, सधैं चलाइराख्न ।’

सन् २०१९ को एकदिवसीय विश्वकप विजेता इंग्लिस टिमको सदस्य स्टोक्स मान्छन्, अहिले अन्तर्राष्ट्रिय क्रिकेटको तालिका यस्तो छ कि त्यसले खेलाडीलाई मानसिक र शारीरिक रूपमा धपेडीमात्रै हो ।

यो खेलाडीका लागि सह्य छैन । त्यसैले त स्टोक्सले एकदिवसीय क्रिकेटबाट संन्यास लिए । हुनसक्छ, अरूले टेस्ट वा ट्वान्टी-२० क्रिकेटबाट पनि संन्यास लिनेछन् कि ? धेरैभन्दा धेरै क्रिकेटमा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डको रुचि हुनुपछाडि फेरि के कारण छ । त्यो सबैलाई थाहा छ । बोर्डले स्काइ टीभीसँग टेलिभिजन प्रशारणको त्यस्तो अनुबन्ध गरेको छ, जसले प्रत्येक वर्ष २६ करोड ४० लाख डलर भित्र्याउने गर्छ ।

सन् २०१७ यता इंग्ल्यान्डसँग पाँच सय दिनको क्रिकेटको कार्यक्रम छ, जुन अन्य क्रिकेट महाशक्ति देशको भन्दा धेरै हो । भारत दोस्रो स्थानमा छ, ४ सय ७२ दिनको कार्यक्रमसहित । अझ कोरोना भाइरस संक्रमणका कारण रोकिएका खेल पनि अबको केही दिनमा हुनेछन् ।

बोर्डका लागि आम्दानीको यो जत्तिको राम्रो विकल्प अरू केही छैन् । त्यस्तोमा बोर्डले गरोस् पनि के र ? तर, खेलाडीको दृष्टिकोणले क्रिकेट क्यालेन्डर वास्तवमै निकै ब्यस्त रहने खालको छ ।

सन् २०१७ यता इंग्ल्यान्डसँग पाँच सय दिनको क्रिकेटको कार्यक्रम छ, जुन अन्य क्रिकेट महाशक्ति देशको भन्दा धेरै हो । भारत दोस्रो स्थानमा छ, ४ सय ७२ दिनको कार्यक्रमसहित । अझ कोरोना भाइरस संक्रमणका कारण रोकिएका खेल पनि अबको केही दिनमा हुनेछन् ।

स्टोक्सले आफ्नै घरेलु मैदान डरहममा भएको खेलबाट संन्यास लिएका हुन् । दक्षिण अफ्रिकाविरुद्धको त्यस एकदिवसीयमा उनको प्रदर्शन सामान्यमात्र रह्यो ।

यी ३१ वर्षीय अलराउन्डरले टेस्ट र ट्वान्टी-२० क्रिकेट खेल्नेक्रम भने जारी राख्नेछन् । एकदिवसीय क्रिकेट नखेल्ने भएपछि स्टोक्सलाई केही राहत महसुस हुनेछ । उनले केही आरामको मौका पाउनेछन् । स्टोक्स भन्छन्, ‘माथिल्लो स्तरको क्रिकेटमा सधैं अब्बल दर्जाको खेल पस्कन सकिन्न, हामी कुनै गाडी होइनौं, मन लागेका बेला चलाउनका लागि ।’

इंग्ल्यान्डको ह्वाइट बल कप्तान जस बटलर प्रिय साथी स्टोक्सको संन्यासबाट चिन्तित छन् । बोर्डलाई यसको कारणबाट गम्भीर हुन अनुरोध गर्छन् । क्रिकेटका विश्लेषकहरू स्टोक्सले संन्यासले केही खास खास स्थितिबारे बताइरहेको दाबी गर्छन् ।

सबैभन्दा पहिले संन्यासको ‘ट्रेन्ड’ भयो । पहिला पहिला खेलाडीले संन्यास लिएपछि एकैपल्ट सबैखाले क्रिकेटबाट संन्यास लिन्थे । तर, अब क्रिकेटको एक खास ढाँचाबाट मात्र संन्यास लिने चलन पनि बढेको छ ।

यस पछाडिको कारण हो, कोही एक खेलाडीले एकै समय टेस्ट, एकदिवसीय र ट्वान्टी-२० खेलिरहन नसक्ने भइसकेको छ । धेरैभन्दा धेरै खेलाडीको नजर इन्डियन प्रिमियर लिग (आइपिएल) जस्तो फ्रेन्चाइज क्रिकेटमा पनि छ, जसबाट मनग्य कमाउन सकिन्छ । दोस्रो स्थिति, सायद अब एकदिवसीय क्रिकेट त्यति लोकप्रिय रहेन, जति पहिला हुन्थ्यो । सायद अब एकदिवसीय क्रिकेटको दिन सकिँदै छ । खेलाडी र दर्शक दुवैका लागि कि टेस्ट क्रिकेट नै ठीक । होइन भने ट्वान्टी-२० यस्तै हुन थालेको छ ।