एन्फा कार्यसमिति बैठक

एजेन्डामा प्रवेश नै नगरि एन्फा कार्यसमिती बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) को दोस्रो कार्यसमिती बैठक एजेन्डामा प्रवेश नगरि स्थगित भएको छ । 

कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष  पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिडेका थिए ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएपछिको पहिला कार्यसमिती बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख र कोषअध्यक्षमा क्रमशः किरण राई, नविन पाँडे र रविन्द्र जोशीलाई नियुक्त गरेको थियो । प्रक्रिया पूरा नगरि नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएको थियो ।

आजको बैठकले सिइओ, तीन सहमहासचिव र प्रवक्ता नियुक्ती लयायत महिला साफ च्याम्पियनसिप र नेपाल सुपर लिग(एनएसएल) को बारेमा निर्णय लिने बताइएको थियो ।

यसअघि सोमबार नेम्वाङ अचानक बिरामी  परेको भन्दै बैठक स्थगित भएको थियो ।