महिला युरोपियन च्याम्पियनसिप २०२२

फ्रान्स क्वार्टरफाइनलमा

लन्डन । फ्रान्सले बिहीबार  बेल्जियममाथि २-१ को जितसहित समूह ‘डी ’को विजेताको रुपमा महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । 

समूहको पहिलो खेलमा फ्रान्सले इटालीलाई ५-१ ले हराएको थियो । लगातार दोस्रो जितपछि फ्रान्स ६ अंकसहित समूह ‘डी ’को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । समूह ‘डी’ का अन्य तीन टोली आइसल्यान्ड, बेल्जियम र इटाली भने दोस्रो खेल सम्म पनि जितविहिन छन् । 

दुई खेलमा बराबरी खेलेको आइसल्यान्ड दुई अंकसहित दोस्रो स्थान छ । समान दुई खेलमा समान एक अंकसहित बेल्जियम र इटाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

समूह ‘डी ’को उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने सम्भावना भने तीनवटै टोलीका लागि जीवित छ । समूहको अन्तिम खेलमा बेल्जिम र इटाली आमने सामने हुँदा फ्रान्सले आइसल्यान्डसँग खेल्नेछ । 

बेल्जियम पहिलो खेलमा आइसल्यान्डसँग १-१ को बराबरीमा रोकिएको थियो । 

त्यस्तै समूह ‘डी’ को अर्को खेलमा इटाली भने आइसल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ ।