फिफा

ब्लाटर र प्लाटिनीले पाए सफाइ

ज्युरिच । भ्रष्टचारको आरोप लागेको विश्व फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेफ ब्लाटर र फ्रान्स फुटबलका लेजेन्ड मिचेल प्लाटिनीलाई दुबैलाई स्विस अदालतले सफाइ दिएको छ ।

शुक्रबार १७ वर्ष फिफा प्रमुखको रुपमा काम गरेका ब्लाटरलाई स्विट्जरल्यान्डको वेलिन्जोनास्थित फेडेरल क्रिमिनल कोर्टले सफाइ दिएको हो ।

यता, फ्रान्सका पूर्व खेलाडी तथा प्रशिक्षक प्लाटिनीलाई पनि भ्रष्टचारको मुद्दा लागेको थियो । यद्यपि, कुनैबेला विश्व फुटबलका शक्तिशाली यी दुबैले आफूहरुमाथि लागेको आरोपको खारेज गर्दै आएका थिए ।

सन् २०११ को फेब्रुअरीमा ब्लाटरको सहयोगमा फिफाले प्लाटिनीलाई आर्थिक सहयोग गरेको भन्दै यसबारे सन् २०१५ मा अनुसन्धान सुरु भएको थियो ।

यसै घटनाका कारण ब्लाटरले सन् २०१५ मा फिफाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

यस्तै, सोही घटनाका कारण प्लाटिनीले पनि सन् २०१६ मा युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको महासचिव पदबाट राजीनामा दिएका थिए ।

फिफाको इथिक्स कमिटिले यो घटनापछि ब्लाटरलाई आठ वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसलाई पछि घटाएर ६ वर्षमा ल्याइएको थियो ।

‘म मेरो जिन्दगीमा निर्दोष छैन तर यो घटनामा भने म पूर्ण रुपमा निर्दोष छु,’ सफाइ पाएपछि ब्लाटरले भने ।