बार्सिलोना

किसिए बार्सिलोनामा अनुबन्धित

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाले फ्रान्क किसिएलाई अनुबन्ध गरेको छ । गत मार्चमै सरुवाका लागि मेडिकल र सम्झौता गरिसकेको बार्सिलोनाले सोमबार सार्वजनिक गरेको हो ।

एसी मिलानबाट गत सिजन इटालियन च्याम्पियन बनेका किसिएको सम्झौता सकिएपछि फ्रि एजेन्ट थिए । त्यसैको फाइदा उठाउँदै बार्सिलोनाले उनलाई गर्दा कुनै रकम तिर्नु परेन ।

आइभरी कोष्टका २५ वर्षीय मिडफिल्डर किसिए एट्लान्टाबाट सन् २०१९ मा एसी मिलान पुगेका थिए ।

तीन वर्षको मिलान बसाई टुङ्ग्याएर उनी स्पेन जाने भएका हुन् । बार्सिलोना किसिएपछि चेल्सीका आन्द्रेस क्रिस्टियनसेनलाई भित्र्याउने तयारीमा जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

डेनमार्कका २६ वर्षीय डिफेन्डर क्रिस्टियनसेनको पनि चेल्सीसँगको सम्झौता सकिएपछि फ्रि एजेन्ट छन् ।