पालिन्हा

फुल्हमले भित्र्यायो पालिन्हा

लन्डन । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुल्हमले स्पोर्टिङ लिस्बोनबाट मिडफिल्डर जुवाओ पालिन्हालाई करिब १७ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ ।

पोर्चुगलका २६ वर्षीय डिफेन्सिभ मिडफिल्डर पालिन्हा गत मेमा प्रिमियर लिगमा बढुवा भएयता मार्को सिल्भाको टिमले भित्र्याएका पहिलो खेलाडी हुन् ।

पालिन्हाले लिस्बोनलाई गत सिजन च्याम्पियन्स लिगको अन्तिम १६ सम्म पुर्याउन महत्तवपूर्ण भूमिका निर्बाह गरेका थिए ।

‘विश्वकै उत्कृष्ट लिगमा खेल्न पाउनु मेरोलागि ठूलो मौका हो,’ पालिन्हाले भने, ‘मैले उत्कृष्ट क्लबसँग सम्झौता गरेको छु । क्लबले मलाई चाह्यो र मैले पनि यही क्लब रोजेकाले समर्थकसँग अपाm्नो उत्कृष्ट दिने बाचा गर्छु ।’

लिस्बोनको युथ टिमका उत्पादन पालिन्हाले सन् २०१७ मा सिनियर टिममा डेब्यू गरेका थिए । त्यसयता उनले ९५ खेल खेल्दै लिस्बोनलाई २०२१ मा पोर्चुगिज लिग च्याम्पियन बनाएका थिए ।