वैशाख ३०, २०८२ मंगलबार | १०:०६:५७
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

अन्योलमै अधुरो महिला लिग, टिमहरू तनावमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को हालै सम्पन्न निर्वाचनले आगामी चार वर्षका लागि नेपाली फुटबल हाँक्न नयाँ नेतृत्व चयन गरेको छ । एन्फा एउटा अविछिन्न उत्तराधिकारवाला संस्था हो । अघिल्लो कार्यसमितिले गरेका सबै कामको जिम्मेवारी नयाँ आउनेले स्वतः वहन गर्नुपर्छ ।

नेपाली फुटबलमा उसै पनि महिलाका प्रतियोगिता कम हुन्छन् । भएका पनि झारो टार्ने पारामा मात्र हुने भएकाले फुटबलभित्रको आधा आकाश सधैं धुम्म परेको बादलभित्र लुकेको अवस्थामा भेटिन्छ ।

तर, त्यो त सैद्धान्तिक कुरा न भयो । नेपालको हकमा व्यावहारिक पक्ष फरक हुने गरेका थुप्रै उदाहरण छन् । त्यसैले नेतृत्व फेरिँदा शंका-उपशंकाहरू उब्जिनु स्वाभाविक हो । नेपाली फुटबलको सर्वोच्च निकायमा नयाँ नेतृत्व आएपछि त्यस्तै शंकाको घेरामा परेको छ महिला फुटबल ।

नेपाली फुटबलमा उसै पनि महिलाका प्रतियोगिता कम हुन्छन् । भएका पनि झारो टार्ने पारामा मात्र हुने भएकाले फुटबलभित्रको आधा आकाश सधैं धुम्म परेको बादलभित्र लुकेको अवस्थामा भेटिन्छ ।

महिला फुटबल लिगको जहाज अहिले त्यस्तै बादलभित्र छिरेको छ । अघिल्लो कार्यसमितिले सुरु गरेर आधा बाटो पुगेको लिगरूपी जहाज अचानक विनायोजना स्थगन नामको बादलभित्र बिलाएको थियो । नयाँ कार्यसमिति आइसक्दा पनि महिला फुटबलको मौसम सफा भएको छैन । जसका कारण स्वाभाविक रूपमा एउटा प्रश्न उब्जिएको छ, ‘एन्फाकै आयोजनामा आधा भइसकेको महिला लिग अब के हुन्छ ?’

एन्फाको कार्यक्रम हो, पूरा भइहाल्छ भनेर ढुक्क हुने व्यावहारिक आधार स्वयं फुटबलको सर्वोच्च निकायले दिएको छैन । आफैंले सुरु गरेर अलपत्र पारेका थुप्रै योजना र कार्यक्रमको सूची नेपाली फुटबलमा लामै हुनसक्छ । पछिल्लो उदाहरणको रूपमा राष्ट्रिय लिगलाई लिन सकिन्छ । राष्ट्रिय लिगका लागि भनेर एन्फा प्रेसिडेन्ट्स कपको नाममा जिल्ला, प्रदेश हुँदै चारवटा मोफसलका टिम छानिएको दुई वर्ष नाघिसक्यो । तर तिनले अझैसम्म एन्फाद्वारा घोषित महत्त्वाकांक्षी लिग खेल्न पाएका छैनन् ।

एन्फाको यस्तो अविश्वसनीय इतिहास देखेको आँखाले विनाकारण अचानक रोकिएको महिला फुटबल लिगलाई कसरी प्रस्ट देखोस् ?

चितवनको भरतपुरमा चैत १० देखि सुरु भएको महिला लिगका सुरुआती २८ खेल सम्पन्न भइसकेका छन् । खेलाडीलाई १५ दिनको आराम दिएर बाँकी २८ खेल विराटनगरमा गर्ने एन्फाले बताएको थियो ।

उक्त विषयको समाधान हुन नपाउँदै एन्फाको निर्वाचन नजिकियो । निर्वाचन सकिएपछि लिगको मिति सार्वजनिक गर्ने भनिए पनि आजसम्म महिला लिगको विषयमा एन्फाले न कुनै निर्णय गरेको छ न त छलफलको विषय नै बनाएको छ ।

तर, विराटनगर महानगरपालिकाले प्रतियोगिता सञ्चालनका लागि सम्झौताअनुसार पैसा नदिएको भन्दै एन्फाले बाँकी खेल समयमा गराएन । चितवनमा सुरु गरेर विराटनगरमा सकाउने सम्झौताअनुसार महानगरले ४५ लाख रुपैयॉ दिनुपर्ने एन्फाको दाबी थियो । तर पैसा समयमा नदिएकाले पूर्वनिर्धारित समयमा खेल हुन नसकेको एन्फाको स्पष्टोक्ति थियो ।

उक्त विषयको समाधान हुन नपाउँदै एन्फाको निर्वाचन नजिकियो । निर्वाचन सकिएपछि लिगको मिति सार्वजनिक गर्ने भनिए पनि आजसम्म महिला लिगको विषयमा एन्फाले न कुनै निर्णय गरेको छ न त छलफलको विषय नै बनाएको छ ।

लिग रोकिएको करिब तीन महिना बितिसक्दा पनि पुनः सुचारु हुने विषयको अस्पष्टताले खेलाडी तथा सहभागी टिमलाई थप अन्योलमा धकेलेको छ । राष्ट्रिय लिगको सहभागी एउटा टोली धनगढी उपमहानगरपालिकाका मुख्य प्रशिक्षक राघविन्द्र कार्की टिमलाई लिग निल्नु न ओकल्नुको अवस्थामा पुगिसकेको बताउँछन् ।

‘एन्फाले अब हुन्छ-अब हुन्छ भनेर आश्वासन दिइरहेको छ । हामीले सकेसम्म खेलाडीलाई एकेडेमीमै राखेर अभ्यास जारी राख्ने प्रयास गरिरहेका छौं,’ उनले खेलाडीसँग भने, ‘तर, अब फेरि लिग कहिले सुरु हुन्छ भन्ने निश्चित नहुँदा समस्या भएको छ । पूर्वनिर्धारित मितिमा सकिन्छ भनेर त्यसैअनुसार योजना बनाएका थियौं । अब थपिएको खर्च कसरी धान्ने ?’

लामो समय खाली बसेर मैदानमा फर्किनुपर्दा खेलाडीको प्रदर्शन खस्कनुका साथै शारीरिक र मानसिक रूपमा पनि नकारात्मक असर पुग्ने उनको बुझाइ छ ।

‘एउटा फर्ममा खेलिरहेको खेलाडीले यति समय खाली बस्दा उसको प्रदर्शनमा असर गर्छ । तोकिएको समयमा लिग नसकिँदा योजनाअनुसार पढाइलाई अगाडि बढाउन पाउँदैन । जसका कारण मानसिक रूपमा पनि नकारात्मक असर पर्छ,’ प्रशिक्षक कार्की भन्छन्, ‘अब खेलाडीलाई एकेडेमीमा राख्नै गाह्रो भइसक्यो । कत्ति खेलाडी रोपाइँ गर्न भनेर गइसके । यसो हुँदा फुटबलप्रतिको विश्वास पनि कम हुँदै जाने सम्भावना बढेको छ ।’

‘दैनिक टे«निङ भइरहेको छ । खेलाडीहरूले प्रतिस्पर्धाका लागि मनसाय बनाएका हुन्छन् । प्रतियोगिताअनुसार एउटा स्तरमा टे«निङ गरेका हुन्छन् । बीचमा यस्तो अन्योल हुँदा उनीहरूको मानसिक रूपमा असर पर्छ,’ उनले भने, ‘हामीले सम्बन्धित निकायमा भनिसकेका छौं । चुनावपछि मिति तय गर्छौं, खेल तालिका सार्वजनिक हुन्छ भन्नुभएको थियो । त्यही आसमा छौं ।’

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, धनगढी उपमहानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रपुर नगरपालिका, विराटनगर महानगरपालिका र वालिङ नगरपालिका गरी आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

एपिएफका टिम व्यवस्थापक विजय केसी लामो समयपछि प्रतियोगिता हुँदा खेलाडीलाई मानसिक रूपमा असर पर्ने बताउँछन् ।

‘दैनिक टे«निङ भइरहेको छ । खेलाडीहरूले प्रतिस्पर्धाका लागि मनसाय बनाएका हुन्छन् । प्रतियोगिताअनुसार एउटा स्तरमा टे«निङ गरेका हुन्छन् । बीचमा यस्तो अन्योल हुँदा उनीहरूको मानसिक रूपमा असर पर्छ,’ उनले भने, ‘हामीले सम्बन्धित निकायमा भनिसकेका छौं । चुनावपछि मिति तय गर्छौं, खेल तालिका सार्वजनिक हुन्छ भन्नुभएको थियो । त्यही आसमा छौं ।’

शतप्रतिशत नतिजासहित तालिकाको शीर्षस्थानमा रहेको एपिएफ प्रतियोगिताको साबिक विजेता टिम हो ।

पुलिसका मुख्य प्रशिक्षक सन्जीव जोशी पानी परेर मैदान हिलाम्मे भएपछि ट्रेनिङ रोकिसकेको बताउँछन् ।

‘बर्खाको समय मैदान हिलो भएर टे«निङ गर्न पाएका छैनौं । पुलिसबाटै ७-८ खेलाडी एसियन गेम्सको क्याम्पमा छन् । एन्फाले अपरझट लिग गर्ने भन्यो भने हामीलाई गाह्रो हुन्छ,’ प्रशिक्षक जोशीले भने, ‘खेलाडीलाई व्यायाम र फुटसल खेलाइरहेका छौं । एन्फाले मिति तोक्यो भने ट्रेनिङका लागि हामीलाई समय दिनुपर्छ ।’

महिला विभाग प्रमुख टिमका हरि खड्काले बाँकी रहेको खेल सञ्चालन गर्न एन्फालाई प्रतिवेदन बुझाइसकेको खेलाडीलाई बताए ।

‘चाँडै कार्यसमिति बैठक बस्ने भन्ने जानकारी आएको छ । असार मसान्तसम्म सबै कुराको निर्णय गर्नेछ,’ उनले भने, ‘हामीले साउनमा प्रतियोगिता गराउने भनेर प्रतिवेदन बुझाएका छौं । एन्फाले यो विषयमा निर्णय लिनेप्रति विश्वस्त हुन सकिन्छ ।’

तर, एन्फाका नवनियुक्त महासचिव किरण राई साउनबाट मात्र नयाँ खाता चलाएर बाँकी रहेका कामलाई निरन्तरता दिने बताउँछन् ।

‘हामीले नयाँ खाता चलाएका छैनौं । साउनमा श्वेतपत्र जारी गरेपछि रेकर्डहरू लिने र राख्नेछौं । अहिले दैनिक कामबाहेक केही काम भएको छैन,’ उनले भने, ‘चाँडै बैठक बस्ने तयारी गरिरहेका छौं । त्यही बैठकमा सबै कुरा थाहा हुन्छ ।’


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP