साफ कंग्रेस

साफ उपाध्यक्षको टुङ्गो अर्को कंग्रेशबाट लाग्ने

ढाका । बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियली फुटबल फेडेरेसन (साफ) को कंग्रेसले बंगलादेशका काजी मोहम्मद सलाहुदिनलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको छ । दोस्रो कार्यकालका लागि चयन भए सँगै सलाहुदिनले २०२६ सम्म साफ प्रमुखको भुमिका निर्वाह गर्ने भएका छन् ।

साफको शनिबार बसेको चुनावी साधारणसभाले भुटान फुटबल संघका उग्येन वाङ्चुकलाई महासविचमा पुनः दोहोर्याएको छ ।

यस्तै, उपाध्यक्षको विषयमा भने साफले टुंगो लगाउन सकेन । उपाध्यक्षमा दुई पद रहनेछ ।

उपाध्यक्ष आगामी कंग्रेश २०२३ मा हुने साफले जनाएको छ । यसअघि नेपालबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

तर, पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा निर्वाचित भएपछि सुन्दरनरसिंह जोशीलाई उपाध्यक्षमा पठाउने निर्णय गरेको थियो ।

यस्तै, साफको बैठकले महिला साफ च्याम्पियनसिप नेपाल र यु १७ महिला साफ श्रीलंकामा हुने निर्णय गरेको छ ।