बार्सिलोना

डी योङ सेभिया फर्किए

मड्रिड । गत वर्ष लोनमा बार्सिलोना गएका स्ट्राइकर लुक डी योङ पुन: सेभिया फर्किएका छन् ।

डी योङ पछिल्लो वर्ष एक सिजनका लागि लोनमा बार्सिलोना आएका थिए । यस अवधिमा बार्सिलोनाबाट २९ खेल खेलेका सात गोल र एक असिस्ट गरेका छन् ।

उनलाई बार्सिलोनाका तत्कालिन प्रशिक्षक रोनाल्ड कोम्यानले लोनमा क्लब भित्र्याएका थिए । तर, अक्टोबरमा कोम्यान बर्खास्तमा परेपछि डी योङले नयाँ प्रशिक्षक जाभी हर्नान्डेजको मन जित्न सकेनन् ।

‘बार्सिलोनामा बितेका अवधि निकै यादगार रहे, बार्सिलोनाका आगामी दिन सफल रहोस्,’ बिदाईमा डी योङले सामाजिक सञ्जालमा लेखेका छन् ।

डी योङ सन् २०१९ मा पिएसभी आइन्डोभनबाट स्पेनिस क्लब सेभिया अनुबन्धित भएका थिए ।

नेदरल्यान्ड्सका स्ट्राइकर डी योङले ३८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले आठ गोल गरेका छन् ।