इङ्लिस प्रिमियर लिग

न्युक्यासल आउन नेइमारलाई जोइलिन्टनको प्रस्ताव

लन्डन । जोइलिन्टनले न्युक्यासलका प्रशिक्षक इडी हाउलाई फेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमारलाई टोलीमा ल्याउने प्रस्ताव अघि सार्न सुझाएका छन् ।

फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेले क्लबसँगको सम्झौता तीन वर्ष थप गरिसकेका छन् । नेइमारले पिएसजी छोड्न चाहेको खबर सार्वजनिक भएको थियो ।

न्युक्यासलमा यसअघि नै दुई ब्राजिलियन जोइलिन्टन र ब्रुनो ग्युमारेस छन् ।

ब्राजिलका रक्षक थियागो सिल्भाले केही दिन अघि मात्र नेइमारलाई चेल्सी आउन सल्लाह दिएका थिए । 

‘हामी नेइमारलाई न्युक्यासलमा ल्याउन सक्छौ’, जोइलिन्टनले भने, ‘उनको आगमन भएमा टोलीले ठूलो सफलता हात पार्नेछ । उनी विश्व फुटबलकै उत्कृष्ट खेलाडी हुन् । त्यसैले म प्रशिक्षक होउलाई नेइमारसमक्ष  अनुबन्धनको प्रस्ताव अघि बढाउन आग्रह गर्न चाहन्छु । उनको क्षमता सबैलाई थाहा छ । अवसर पाएको खण्डमा हामी नेइमरको अनुबन्धनबाट पछि हट्नु हुँदैन ।’