एन्फा

नवनिर्वाचित नेम्वाङलाई साफले दियो बधाई

काठमाडौं । दक्षिण एसियाली फुटबल संघ (साफ) का अध्यक्ष काजी सलाहुदिनले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिएका छन् ।

‘तपाईको ज्ञान, नेतृत्व र अनुभवले नेपली फुटबलमा विकास गर्न ठूलो भूमिका गर्छ भन्नेमा विश्वस्त छु,’ शुक्रबार साफका अध्यक्ष सलाहुदिनले लेखेका छन्, ‘आउँदो चुनौतीहरुको लागि सफलताको शुभकामना । मिठो सम्झनाहरु बटुल्दै नेपाली फुटबललाई थप सफलता प्राप्त गराउनु हुन्छ भन्ने आशा गर्दछु ।’

नेम्वाङले गत सोमबार निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्ष बनेका थिए । बुढानिलकण्ठस्थित पार्क भिलेजमा भएको निर्वाचनमा नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित बनेका थिए ।