माघ १७, २०८२ शनिबार | १७:३९:५३
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

सन्तोषी र मुकेशलाई स्वर्ण

काठमाडौं । नेपाल एथलेटिक्स संघले आयोजना गरेको ४४औं एथलेटिक्स प्रतियोगितामा १५०० मिटरतर्फ सन्तोषी श्रेष्ठ र मुकेश पालले स्वर्ण पदक जित्दा ४०० मिटरमा रमिताकुमारी थारु र सोमबहादुर कुमालले पहिलो स्थान हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १५०० मिटर महिलातर्फ बाग्मती प्रदेशकी सन्तोषीले निर्धारित दुरी ४ मिनेट ४२.८ सेकेन्डमा पूरा गरिन् । यसमा त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र एपिएफकी आशा रावत तेस्रो भइन् । उनीहरुले क्रमशः ४ मिनेट ५८.२ र ५ मिनेट ०५.९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।

यस्तै, पुरुषतर्फ मुकेशले ३ मिनेट ५६.७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण चुम्दा ३ मिनेट ५८.८ सेकेन्ड लगाएका एपिएफका अजित यादव दोस्रो र ४ मिनेट ०१.८ सेकेन्ड लगाएका आर्मीका सुनिल सुनार तेस्रो भए ।

यस्तै, ४०० मिटरको महिलातर्फ एपिएफकी रमिताले निर्धारित दुरी ५९.८९ सेकेन्डमा पार गरिन् । यस्तै, दोस्रो स्थानकी आर्मीकी निर्मला थापाले १ मिनेट ०२.०७ सेकेन्डमा निर्धारित दुरी पार गर्दा तेस्रो भएकी लुम्बिनी प्रदेशकी अरुणा रिजालले १ मिनेट ०१.९ सेकेन्ड लगाइन् ।

यस स्पर्धाको पुरुषतर्फ आर्मीका सोमले निर्धारित दुरी ४८.७९ सेकेन्डमा पार गर्दा दोस्रो भएका आर्मीकै प्रकाश दनुवारले ४९.९२ र तेस्रो भएका एपिएफका निरप्रताप महतोले ५०.९० सेकेन्डमा निर्धारित दुरी पार गरे । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।