चैत्र ८, २०८२ आइतबार | ०४:०७:५८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सन्तोषी र मुकेशलाई स्वर्ण

काठमाडौं । नेपाल एथलेटिक्स संघले आयोजना गरेको ४४औं एथलेटिक्स प्रतियोगितामा १५०० मिटरतर्फ सन्तोषी श्रेष्ठ र मुकेश पालले स्वर्ण पदक जित्दा ४०० मिटरमा रमिताकुमारी थारु र सोमबहादुर कुमालले पहिलो स्थान हासिल गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १५०० मिटर महिलातर्फ बाग्मती प्रदेशकी सन्तोषीले निर्धारित दुरी ४ मिनेट ४२.८ सेकेन्डमा पूरा गरिन् । यसमा त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र एपिएफकी आशा रावत तेस्रो भइन् । उनीहरुले क्रमशः ४ मिनेट ५८.२ र ५ मिनेट ०५.९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।

यस्तै, पुरुषतर्फ मुकेशले ३ मिनेट ५६.७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण चुम्दा ३ मिनेट ५८.८ सेकेन्ड लगाएका एपिएफका अजित यादव दोस्रो र ४ मिनेट ०१.८ सेकेन्ड लगाएका आर्मीका सुनिल सुनार तेस्रो भए ।

यस्तै, ४०० मिटरको महिलातर्फ एपिएफकी रमिताले निर्धारित दुरी ५९.८९ सेकेन्डमा पार गरिन् । यस्तै, दोस्रो स्थानकी आर्मीकी निर्मला थापाले १ मिनेट ०२.०७ सेकेन्डमा निर्धारित दुरी पार गर्दा तेस्रो भएकी लुम्बिनी प्रदेशकी अरुणा रिजालले १ मिनेट ०१.९ सेकेन्ड लगाइन् ।

यस स्पर्धाको पुरुषतर्फ आर्मीका सोमले निर्धारित दुरी ४८.७९ सेकेन्डमा पार गर्दा दोस्रो भएका आर्मीकै प्रकाश दनुवारले ४९.९२ र तेस्रो भएका एपिएफका निरप्रताप महतोले ५०.९० सेकेन्डमा निर्धारित दुरी पार गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो