अर्जेन्टिना

अर्जेन्टिनाको जितमा मेसीको ५ गोल

टल्लिन्न । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एस्टोनियामाथि ५–० को फराकिलो जित निकाल्दा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कीर्तिमान बनाएका छन् ।

एस्टोनियोविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित निकाल्दा पाँचै गोल मेसीले नै गरे । यो सँगै मेसी क्लबस्तरीय र अन्तर्राष्ट्रिय फुटबलमा पाँच गोल गर्ने पहिलो खेलाडी बने ।

एस्टोनियाविरुद्ध आठौं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका मेसीले ४५औं मिनेटमा दोस्रो र त्यसको दुई मिनेटपछि ह्याट्रिक गरेका थिए ।

यस्तै, मेसीले ७१औं मिनेटमा चौथो र ७६औं मिनेटमा पाँचौ गोल गर्दै अन्तर्राष्ट्रिय र क्लबस्तरीय फुटबल दुबैमा पाँच गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए ।

अर्जेन्टिनाले केही दिनअघिमात्र युरो २०२० च्याम्पियन इटालीलाई ३–० ले हराउँदै ‘फाइनालिज्मा’ को उपाधि जितेको थियो ।