गणेश थापा

एन्फा अध्यक्ष शेर्पामाथि कारवाहीको माग गर्दै थापाले सदस्यसचिवलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो चरित्र हत्या गरेको भन्दै उनीप्रति कारवाहीको मागसहित पूर्व अध्यक्ष गणेश थापाले राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

थापाले ज्ञापनपत्रमा शेर्पाले चरित्र हत्या गर्ने उदेश्यले विभिन्न आरोपहरु लगाएको र उनलाई फिफा ‘कोड अफ इथिक्स’को आर्टिकल ५८ बमोजिम कारवाहीको माग गरेका छन् । 

यसअघि थापाले वैशाख २८ गते पत्रकारसम्मेलन गर्दै अध्यक्ष शेर्पाले लगाएको १४ आरोप सार्वजनिक गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएका थिए ।

‘म एन्फाको पूर्व अध्यक्ष गणेश थापाले एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले मेरो विरुद्धमा चरित्र हत्या गर्ने उद्देश्यले लगाउनु भएको विभिन्न आरोपहरु र फैलाउनु भएको भ्रमहरुलाई खण्डन गरी सत्य तथ्य विषयहरु जनमानसमा प्रस्तुत गर्ने उद्देश्यले मिति २०७९।०१।२८ मा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईए वमोजिम एन्फाका वर्तमान अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा विरुद्ध एन्फा विधानको धारा ८ तथा फिफा कोड अफ इथिक्सको आर्टिकल ५८ को वृंदा नं। ३ वमोजिम कारवाहीको माग गर्दै राष्ट्रिय खेलकुद परिषद, सदस्य सचिव ज्यू समक्ष आज मिति २०७९ साल जेष्ठ महिना १२ गते निवेदन चढाएको तथा राष्ट्रिय खेलकुदको क्षेत्रमा विगत देखि वर्तमान सम्म निरन्तर योग्दान गरी आएको म निर्दोष व्यक्ति विरुद्धमा चरित्र हत्या गर्ने उद्देश्यले लगाइएका झुट्ठा र काल्पनीक आरोपहरुको विषयमा गम्भिर रुपमा छानविन भई सत्य तथ्य व्यहोरा र वास्तविकताहरु आम खेलकुद प्रेमी तथा जनमानसमा समेत सार्वजनिक गर्नु पर्ने आवश्यकता रहेको छ म र मेरो परिवारले जस्तो नियति भोग्नुपर्यो, त्यो भविश्यमा अरु कसैले भोग्नुनपरोस भन्नाका लागि पनि मैले यो कदम चाल्नु परेको हो भन्ने व्यहोरा आम सञ्चार माध्यमहरुलाई अवगत गराउदछु।’

गणेश थापा एन्फा पूर्व अध्यक्ष 
मिति २०७९।२।१२