पुस ३०, २०८२ बुधबार | १८:१७:०१
साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित साफ फुटसल च्याम्पियनसिपः भारत र बंगलादेशको रोमाञ्चक बराबरी एन्फा राष्ट्रिय लिगः चर्च ब्वाइज र श्री भगवतीले खेल्यो बराबरी एन्फा बैठकमा भएन चुनाव विवादको छलफल, लिग गर्न पैसा नहुने संस्थाको बजेट डेढ अर्बभन्दा बढि साफ फुटसल च्याम्पियनसिपः भुटान र श्रीलंकाले खेल्यो रोमाञ्चक बराबरी शहीद मानबहादुर स्मृति कप माघ ३ गते देखि एन्फा राष्ट्रिय लिगः काँक्रे बिहारविरुद्ध फ्रेन्ड्सको सानदार जित भारत शृंखला कब्जा गर्ने योजनामा, दबाबमा न्युजिल्यान्ड अदालत र राखेपले निर्वाचनको सबै प्रक्रिया रोकेपछि एन्फाको बैठक आज बस्दै साउदी पुगेका कन्सेलो बार्सिलोना फर्किए पहिलो लेगमा सिटीको सहज जित

आफूविरुद्धका आरोप पुष्टि गर्न एन्फा अध्यक्ष शेर्पालाई पूर्व अध्यक्ष थापाको चुनौती

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध हालका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लगाएको १४ आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् ।

बुधबार ललितपुर स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले अनेक आरोप मध्य मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न आग्रह गरे । यस्तै उनले त्यो आरोप प्रमाणित गर्न नसके आफै (शेर्पा) एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताए ।

उनले आफ्नो नितान्त ब्यक्तिगत पत्रकार सम्मेलन रहेको र आफू विगत सात वर्ष देखि गल्ति नगरि पीडा भोग्दै आएको र त्यसैको कारण पत्रकार सम्मेलन गर्न पुगेको बताए  ।

पत्रकार सम्मेलन अघि थापाले अघिल्लो रात आत्महत्या गरेकी १३औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरीलाई सम्झिएका थिए । उनले खेलकुदमा यस्ता घटना हुन नहुने समेत बताए ।

१५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्माछिरिङ शेर्पाले आफूप्रति लगाएको आरोप प्रेस विज्ञप्ती मार्फत र भिडियो क्लिप मार्फत थापाले प्रस्तुत गरेका थिए । पत्रकार सम्मेलनमा शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तरवार्ता भिडियो मार्फत प्रस्तुत गरिएको थियो ।

पत्रकार सम्मेलनमा आफ्ना दुई छोराहरू अभिषेक र गौरव थापाले प्राविधिक सहयोग गर्दै सहायता प्रदान गरेका थिए ।

यस्तै थापाले कपोल्कपित आरोप लागेको र त्यो आरोप प्रमाणित गर्नुपर्ने बताए । त्यो नभए उनले एन्फा र फिफाको नियम अनुसार आरोप लगाउनै कारबाहीको भागेदारी हुने प्रष्ट पारे ।

‘उहाँले लगाएका कपोकल्पित आरोपहरुका कारण आम फुटबलप्रेमीमा फिफाले मलाई कारवाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँही सफाई दिएको भन्ने भ्रम पर्न गएको छ । त्यसकारण अब यो विवादको अन्त्य हुन जरुरी छ । म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं । यसअर्थमा अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन् । उहाँले ममाथि लगाएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ त्यसो भए म कार्बाही भोग्न तयार छु । अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुदा नम्बर ३ अनुसार उहाँले काबाही भोग्नुपर्छ । एन्फा र फिफाको विधानअनुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न । कसैमाथि लगाएको आरोप झुठो सावित भएमा आरोप लगाउनेमाथि कारवाही हुने फिफा कोड अफ इथिक्समा स्पष्ट रुपमा लेखिएको छ ।’

यस्तै थापाले शेर्पाले समेत कूकार्य गर्दै आएको र त्यो भविष्यमा सार्वजनिक हुने बताए  ।

थापाले आफूविरुद्ध लागेको आरोप १४ बुँदामा प्रस्तुत गरेका छन्ः

१. गोल प्रोजेक्ट अन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरुले दिएको रकमहरु पनि अडिटमा नदेखाएको र ठुलो आर्थिक अनियमितता भएको

२. एन्फामा फिक्स डिपोजिटमा जम्मा गरिएको ८ करोड रुपिया गैरकानुनी तरिकाले जम्मा गरेको र गैरकानुनी तरिकाले एन्फाको रकम व्याजमा लगाएको ।

३,. एन्फालाई आएको रकम आफ्नो श्रीमती र छोराहरुको नाममा राखी अनियमितता गरेको ।

४. खेलाडी कल्याण कोषमा जम्मा गरेको ५० लाख रुपयाँको स्रोत नखुलेको

५. साथी भन्ने संस्थालाई १ लाख ५० हजार डलर दिएको

६. एन्फाको रकम ३२ प्रतिसतमा व्याजमा लगाएको ।

७. रंगशालामा दर्शकबाट उठेको २८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा नगरेको र अडिटमा नदेखाएको ।

८. सार्वजनिक लेखा समितिले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको

९. कतार फुटबल संघले ८ लाख डलर दिएकोमा एन्फाको खातामा २ लाख हजार डलरमात्र जम्मा गरेर अन्य रकम हिनामिना गरेको

१०. एएफसीबाट प्रशिक्षकलाई आएको रकम अडिटमा नदेखाएको

११. साफ च्याम्पियनसिपको दौरानमा २ करोड ५० लाख रुपैयाँ आम्दानी भएकोमा जम्मा ८५ लाख मात्र एन्फाको अडिटमा देखाएको र आर्थिक हिनामिना गरेको ।

१२. भ्रष्टाचार गरेको ६० करोड रुपैयाँ खेलाडी कल्याण कोषमा जम्मा गर्ने र मलाई जेलमा हाल्ने ।

१३. अरेन्ज प्रोजेक्टर सुनामी प्रोजेक्टमा समेत संलग्नता रहेको ।

१४. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाउँदा नेपालमा एउटा २ करोड १८ लाखको हिसाव देखाएको तर फिफामा करिव ३ करोडको हिसाव पेश गरेको र त्यसमध्येबाट ४० लाख रुपैयों खेलाडी कल्याण कोशमा हालेर करिव ६० लाख रुपैयाँ हिनामिना गरेको ।
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||