एन्फा चुनाव

अध्यक्ष शेर्पाले आर्थिक अनियमितता चरम अवस्थामा पुर्याएः नेम्वाङ

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले अध्यक्ष कर्माछिरिङ शेर्पाले आर्थिक अनियमितता चरम अवस्थामा पुर्याएको आरोप लगाएका छन् ।

एन्फाको अध्यक्षमा उम्मेदवारी दिएपछि नेम्वाङले यस्तो आरोप लगाएका हुन् ।

‘परिवर्तनको लागि समूह एकता, आर्थिक पारदर्शिता लगायत मुद्धा उठााएको थियौं । तर त्यो केहि क्षणमै हरायो । चार उपाध्यक्षलाई चार तिर १२ सदस्यलाई १२ तिर पुर्याउनु भयो । आर्थिक नियमावली बनायौं । दोहोरिदै गयो । आर्थिक अनियमितामा चरमा पुग्यो । फिफाले अनेक कम्पनी पठाएर अडिट गरेको छ । नाकावन्दी गरेको छ । यो अवस्था कसरी आयो ? नरेन्द्र दाईको पालासम्म किन प्रतिबन्ध लगाएन ? अहिले किन आर्थिक प्रतिबन्ध लाग्यो । भ्रष्टचार भएको छ । नीतिगत प्रशासन भ्रष्टाचार भएको छ । झण्डै तीन करोड रुपैया त्यो कम्पनीले लगेको  छ। त्यो नेपाललाई दिने ग्रान्डबाट काटिएको छ,’ उनले भने, ‘हिजो हामी पारदर्शिता भ्रष्टचारमा शुन्य सहनसिलता भनेका थियौं । अब नेपाली फटुबललाई अगाडि बढाउने हो भने हामीले उम्मदवारी दिनुपर्छ । क्लब र एन्फाको साथीहरुको कुरामा उम्मेदवारी दिँदैछौ । म पंकज नरेन्द्र र रत्न कुमारको माहिलो छोरो एन्फाको जिल्ला र क्लबको अग्रज दाईहरुकोजोशका साथ मेरो उम्मेदवारी घोषणा गर्दछु ।’

अध्यक्षमा पंकजसँगै वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

यस्तै, यसअघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले पनि नेम्वाङको समूहमा खुलेका छन् ।

यता, तटस्थ देखिएका एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ समेत नेम्वाङ समूहमा खुलेर प्रस्तुत भएका छन् ।