बायर्न म्युनिख

लेवान्डोवस्कीको चाहना बार्सिलोना

म्युनिख । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोवस्कीले स्पेनिस क्लब बार्सिलोना भित्रिने इच्छा देखाएका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जर्मन क्लबसँग सम्झौताको अन्तिम समयमा रहेका लेवान्डोवस्कीले क्लबसँगको सम्झौता नविकरण नगर्ने योजनामा रहेको र आगामी ‘ट्रान्सफर विन्डो’ मा बार्सिलोना भित्रिन चाहन्छन् ।

यसका लागि बायर्नका प्रशिक्षक पनि सकारात्मक रहेको जनाइएको छ । लेवान्डोवस्की र बायर्नबीचको सम्झौता समाप्त हुन अब १२ महिना मात्र बाँकी छ ।

पोल्यान्डका ३३ वर्षीय लेवान्डोवस्कीले यस सिजन बुन्डेसलिगाका ३३ खेलमा ३४ गोल र तीन असिस्ट गरेका छन् । यस्तै, उनले यस सिजन च्याम्पियन्स लिगका १० खेलमा १३ गोल गरेका छन् ।