राेमा

रोमाको लागि कन्फेरेन्स लिग च्याम्पियन्स लिग सरहः माउरिन्हो

रोम । युरोपा कन्फेरेन्स लिगको फाइनलमा पुगेपछि मुख्य प्रशिक्षक जोजे माउरिन्होले रोमाको लागि कन्फेरेन्स लिग युरोपियन च्याम्पियन्स लिग सरह भएको बताएका छन् ।

रोमाले बिहीबार लेस्टर सिटीलाई १–० ले पराजित गर्दै समग्रमा २–१ को जितसहित फाइलनमा स्थान पक्का गरेको थियो ।

जितपछि भावुक बनेका माउरिन्होले ‘रोमाको लागि कन्फेरेन्स लिग नै लागि च्याम्पियन्स लिग’ भएको बताएका हुन् ।

‘मैले रोमाको प्रशिक्षण सम्हालेदेखि नै यो ठुलो क्लब हो भन्ने महसुस गरेको थियो । तर, रोमाले पर्याप्त फाइलन खेल्न र उपाधि जित्न सकेको छैन,’ माउरिन्होले भने, ‘आज म निकै भावुक बनेको छु । कन्फेरेन्स लिगको फाइनल पुग्नु मेरो जिवनको सबैभन्दा ठुलो उपलब्धि होइन । मैले यो भन्दा माथिल्लो स्तरको अनुभव बटुलेको छु । तर, आज म यो जित मेरा खेलाडी र यहाँका समर्थकहरुको लागि महसुस गर्दैछु । यो हाम्रो लागि च्याम्पियन्स लिग हो ।’