सहारा फुटवल एकेडेमी

सहारा एकेडेमीका आठ युवा खेलाडीको बिदाई

पोखरा । सुर्य बहादुर के.सी.स्मृती सहारा फुटवल एकेडेमीमा रहेका आठ युवा खेलाडीको बिदाई गरिएको छ ।

प्लस टु सकेका आठ खेलाडीलाई क्लवले आइतबार एक समारोहका बिच  बिदाई गरेको हो । 

करिब ९ बर्ष एकेडेमीमा रहेर फुटवल सहित उच्च शिक्षा हासिल गरेका पोखरा १० का सन्दिप के.सी.,पर्वत कार्कीनेटा ६ का शिशिर क्षत्री, रुकुम कोल २ का कुशल बुढामगर, कास्की कृष्ति २ का निश्चल भण्डारी, चितवन छार्वोव्क ३ का प्रमिश गुरुङ, सुरेखेत विरेन्द्र नगर १२ का कमल सोमई मगर, स्याङजा बाहकोट १ का सन्देस गुरुङ र स्याङजा पन्चमुल ४ निरज बि.क.लाई क्लवले बिदाई गरेको हो ।

क्लवका सस्थापक अध्यक्ष वसन्त थकाली, मानार्थ सदस्य महेश गुरुङ, क्लवका अध्यक्ष हरिराम गुरुङ(सुरज), निवर्तमान अध्यक्ष केशव थापा, पूर्व अध्यक्ष विक्रम थकाली र विरभद्र आचार्य लगायतले खेलाडीहरुलाई खादा सहित मायाको चिनो प्रदान गर्दै बिदाई गरे ।