इङ्लिस प्रिमियर लिग

लिभरपुल उपाधि दौडमै

लन्डन । एन्डी रोबर्टसन र डिभोक ओरिगीले दोस्रो हाफमा गरेको समान एक गोलमा आइतबार एभर्टनलाई २-० ले पराजित गर्दै लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि दौड कायम राखेको छ ।

लिभरपुल ३३ खेलमा ७९ अंकसहित दोस्रो स्थानमा छ । जुन समान खेल खेल्दै शीर्ष स्थानमा बसेको म्यानचेस्टर सिटी भन्दा एक अंक मात्र कम हो । एभर्टन भने ३२ खेलमा २९ अंकसहित १८औं स्थानमा झरेको छ ।

६२औं मिनेटमा राबर्टसनले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेल सकिन पाँच मिनेट बाँकी रहँदा ओरिगीले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

लिभरपुलले बुधबार च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा भियारियाललाई आतिथ्य प्रदान गर्नेछ । एभर्टनले भने अर्को साता प्रिमियर लिगमा चेल्सीको सामना गर्नेछ ।