विवाइसी महिला गोल्डकप

विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई

धनगढी । विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।

पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् ।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

वैशाख १० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो ।