विवाइसी महिला गोल्डकप

विवाइसी गोल्डकपः निर्मला सर्वोत्कृष्ट

धनगढी । प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

शनिबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० ले पराजित गर्दै उपाधि जित्दा निर्णायक गोल गरेकी निर्मलाले सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै ५० हजार रुपैयाँ पुरस्कार पाइन् ।

यस्तै, आयोजक वनदेवी युवा क्लबकी गोलकिपर कविता विक प्रतियोगिाको उदीयमान खेलाडी घोषित भइन् । यसबाहेक, पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर, पुलिसकै पुजा राना उत्कृष्ट रक्षक, एपिएफकी सरु लिम्बु उत्कृष्ट मिडफिल्डरबन्दा पुलिसका सञ्जिव जोसी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

यस्तै, एपिएफकी सावित्रा भण्डारी (साम्बा) प्रतियोगिताको उच्च गोलकर्ता बनिन् । सावित्राले प्रतियोगितामा ६ गोल गरिन् । डिफेन्स पुजा राना नेपाल पुलिस

शनिबार कैलालीको धनगढीमा सम्पन्न फाइलनमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले प्रतियोगिताको उपाधि जितेको थियो ।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा एएिफले भने दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।