स्पेनिस ला लिगा

बार्सिलोनाको जित यात्रा कायमै

मड्रिड । लुक डी जोङले इन्जुरी समयमा गरेको हेडर गोलमा बार्सिलोनाले आइतबार लेभान्टेमाथि ३-२ को रोमाञ्चक जित निकाल्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा फर्किएको छ ।  

ला लिगामा जाभीको  टोलीको यो लगातार सातौं जित हो । बार्सिलोनाविरुद्ध लेभान्टेले तीन वटा पेनाल्टीको अवसर पाए पनि दुई वटा अवसरको मात्र सदुपयोग गर्न सक्यो । 

५२औं मिनेटमा जस लुइस मोरालेसको पेनाल्टी गोलमा लेभान्टेले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै लेभान्टेले अग्रता दोब्बर पार्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । रोजरले पेनाल्टीको अवसर खेर फाले । 

५९औं मिनेटमा पिरे इमरिक औबामयाङले बार्सिलोनालाई खेलमा फर्काएका थिए । ६३औं मिनेटमा पेड्रिको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । 

८३औं मिनेटमा गोन्जालो मेरेलोले बललाई जाली चुमाउँदै लेभान्टेलाई खेलमा फर्काएका थिए । तर इन्जुरी समयको दोस्रो मिनेटमा डी जोङले गोल गर्दै बार्सिलोनाको जित यात्रालाई लगातार सातौ खेल सम्म कायम राखेका थिए ।

बार्सिलोना ३० खेलमा ६० अंकसहित दोस्रो स्थानमा उक्लिएको हो । जुन शीर्ष स्थानको रियाल मड्रिड भन्दा  १२ अंक कम हो । तेस्रो स्थानको सेभियाको पनि ६० अंक रहेको छ ।