इटालियन सिरी ‘ए’

मिलान टोरिनोसँग रोकियो

मिलान । टोरिनोसँग गोलरहित बराबरीमा रोकिएसँगै एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । 

३२ खेलमा शीर्ष स्थानको मिलानको ६८ अंक छ । जुन दोस्रो स्थानको इन्टर भन्दा मात्र दुई अंक बढी हो । मिलानको भन्दा इन्टरले एक खेल कम खेलेको छ ।

 त्यसैले इन्टरले शुक्रबार स्पेजियालाई हराएमा कम्तीमा दुई घण्टाका लागि शीर्ष स्थानमा पुनरागमन गर्दै एक अंकको अग्रता लिनेछ । मिलानले सोही दिन जिनोवाको सामना गर्दैछ । 

इन्टरले शनिबार हेलास भेरोनालाई २-० ले हराउँदै मिलानसँगको दुरी एक अंकमा झारेको थियो । तेस्रो स्थानको नेपोली भने फियोरेन्टिनासँग ३-१ ले पराजित भएको थियो । 

खेलमा गोलका धेरै अवसर पाए पनि मिलानले त्यसको सदुपयोग गर्न सकेन ।