मिडिया कप फुटसल

मिडिया कप फुटसलः एनएसजेएफलाई आरजे स्पोर्टसकाे साथ

काठमाडौं । प्रथम मिडिया कप फुटसल प्रतियोगिताको लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टिमलाई आरजे स्पोर्टसले जर्सी प्रायोजन गरेको छ ।

नेपाल पत्रकार महासंघको आयोजनामा हुन लागेको प्रतियोगिताको लागि आरजे स्पोर्टसले एनएसजेएफको टिमलाई जर्सी उपलब्ध गराउनेछ । आइतबार आरजे स्पोर्टसका प्रवन्ध निर्देशक रमेश रुपाखेतीले एनएसजेएफका कोषाध्यक्ष अञ्जन खड्कालाई जर्सी हस्तान्तरण गरे ।

महासंघले ६७औं स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेशनल स्पोर्टस् सेन्टर च्यासलमा हुने दुई दिन प्रतियोगिताको पहिलो खेलमा एनएसजेफएले सोमबार हाम्रो सञ्चारविरुद्ध प्रतिस्पर्धा गर्नेछ । खेल विहान आठ बजेदेखि सुरु हुनेछ ।

नकआउट पद्दतीमा हुने प्रतियोगितामा कुल १६ टोलीको सहभागिता छ ।