इङ्लिस प्रिमियर लिग

युनाइटेड एभर्टनसँग स्तब्ध

लन्डन । इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ ।

एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन एन्थोनी गोर्डेनले २७औं मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो ।

प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्याएको छ ।

यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ । सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको आसर्नलभन्दा चार अंक कम हो । आर्सनलले युनाइटेडभन्दा एक खेल कम खेलेको छ ।

आर्सनलले आजै ब्राइटनसँग खेल्दैछ । ब्राइटनविरुद्ध जित निकाले आर्सनलले सातौं स्थानको युनाइटेडसँग सात अंकको दुरी बनाउने छ ।