सहिद स्मारक ‘बी’ डिभिजन लिग

श्री भगवतीमाथि श्री कुमारीको जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत मंगलबारको दोस्रो खेलमा श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ३–१ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको चौथो मिनेटमा अनुज भण्डारीले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए ।

१७औं मिनेटमा नीरबहादुर आलेले गोल गर्दै श्री कुमारीलाई बराबरीमा फर्काए । तर, २१औं मिनेटमा सृजनराज गौतमले गोल गर्दै श्री कुमारीलाई २–१ को अग्रता दिलाएका थिए ।

यस्तै, धिरज बस्नेतले पहिलो हाफ सकिँन एक मिनेट बाँकी रहँदा गोल गरेसँगै श्री कुमारीले ३–१ को जित निश्चित गर्यो ।

जितसँगै लिगमा श्री कुमारीले १२ खेलबाट १६ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको भगवतीको १५ अंक छ ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । जसमध्ये चर्च ब्वाइज युनाइटेड क्लबले ए डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसक्यो । यस्तै, लिगको पुछारमा रहने दुई टोली भने तेस्रो डिभिजन लिगमा घटुवा हुनेछन् ।