नेपाली फुटसल

कीर्गिस्तान जाने राष्ट्रिय फुटसल टोलीको विदाई

काठमाडौं । एएफसी फुटसल एसियन कपको छनोट खेल्न कीर्गिस्तान जाने नेपाली राष्ट्रिय फुटसल टोलीको विदाई गरिएको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोमा एक कार्यक्रमका बीच राष्ट्रिय टोलीको विदाई गरेको हो । विदाई कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधर, फुटसल कमिटीका संयोजक रत्नकुमार श्रेष्ठलगाएको उपस्थिती थियो ।

नेपालले छनोटको पहिलो खेलमा अप्रिल १० मा उज्वेकिस्तान, अप्रिल ११ मा ताजिकिस्तान र अन्तिम खेल अप्रिल १२ मा अफगानिस्तानसँग खेल्ने तालिका छ । सबै खेल कीर्गिस्तानको विस्केकस्थित गाज्प्रोम स्पोर्टस् कम्पलेक्समा हुनेछ ।

नेपाली टोलीः

अनिस श्रेष्ठ (गोलकिपर), विश्वास पौडेल (गोलकिपर), आदिल हमिद, विजय श्रेष्ठ, हेमन्त गुरुङ, खिमराज गुरुङ, क्रिजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरज गुरुङ र उर्केन जंङबु शेर्पा