युरोपा कन्फरेन्स लिग

रोजर्सले गरे फोफनाको प्रशंसा

लन्डन । युरोपा कन्फ्रेन्स लिगको प्रि–क्वार्टरफाइनलमा रेनेसलाई ३–२ ले हराएपछि लेस्टर सिटीका मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सले वेस्ली फोफनालाई उत्कृष्ट खेलाडीको संज्ञा दिएका छन् ।

बिहीबार दोस्रो लेगमा रेनेससँग २–१ गोल भएको थियो । जसमा फोफनाले लेस्टरका लागि एक गोल गरेका थिए । उनकै गाेलका कारण लेस्टर समग्रमा ३-२ काे जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेकाे थियाे ।

प्रि–सिजनमा २१ वर्षका फ्रान्सेली डिफेन्डर फोफना खुट्टाको चोटका कारण मैदानबाट बाहिर थिए । लामो समयपछि चोट मुक्त हुँदै खेलमा फर्किएपछि  रोजर्सले फोफनाको मानसिकताको प्रशंसा गर्दै उत्कृष्ट खेलाडीको संज्ञा दिएका हुन् ।

‘फोफना राम्रा खेलाडी हुन् । उनले आज एक उत्कृष्ट खेलाडीले गर्ने काम गरे,’ रोजर्सले भने, ‘फोफना केही हप्ताअघि मात्र प्रशिक्षणमा फर्केका थिए र फोफना अघि बढ्ने दृढता चाहना छ । जसले हामीले गत सिजनमा गुमाएका थियौं ।’