युराेपा लिग

इतिहास लेख्न पाउँदा खुसी छौंः सोसेक

लन्डन । मिडफिल्डर टोमस सोसेकले सन् ४० वर्षपछि युरोपा लिगको क्वार्टरफाइलनमा पुगेको वेस्ट ह्यामबाट इतिहास लेख्न सफल भएकोमा आफू निकै खुसी रहेको प्रतिकृया दिएका छन् ।

यसअघि वेस्ट ह्याम पछिल्लो पटक सन् १९८१ मा युरोपा लिगको अन्तिम आठमा पुगेको थियो ।

सेभियासँगको दोस्रो लेगमा २–० को जित निकाल्दा वेस्ट ह्यामका साेसेक र एन्ड्री यार्माेलेन्कोले गोल गरेका थिए । यसैकारण वेस्ट ह्यामले ६ पटकको च्याम्पियन सेभियालाई समग्रमा २–१ ले पराजित गर्दै अन्तिम आठको टिकट काट्यो ।

‘क्लबमा इतिहास रच्न पाउँदा धेरै खुशी छौं,’ उनले भने, ‘आशा छ, आगामी दिनमा हामीले योभन्दा राम्रो निकाल्ने छौं । युरोपा लिगको ६ पटक च्याम्पियन सेभियालाई हरायौं । यसले हामी अन्य टोलीलाई पनि पराजित गर्न सक्षम रहेको देखाउछ ।’

यसअघि पहिलो लेगमा वेस्ट ह्याम सेभियासँग १–० ले पराजित भएको थियो ।