फ्रेन्च लिग वान

मेसी र नेइमारविरुद्ध समर्थकको नाराबाजी

पेरिस । पेरिस सेन्ट जर्मन (पिएस्जी)ले आइतबार संघर्षरत बोरड्युक्समाथि ३-० को हिज जितसहित फ्रेन्च लिग वानको शीर्ष स्थानमा आफ्नो अग्रता १५ अंकमा पुर्याए पनि समर्थकहरुले भने लियोनल मेसी र नेइमारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित खेलाडी अनुबन्धनमा आक्रमक देखिएको पिएसजीको सो लक्ष्य गत साता रियाल मड्रिडसँग ३-२ ले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएपछि पूर्णविराम लागेको थियो ।

पहिलो लेगमा १-० ले जित निकालेको पिएसजी दास्रो लेगमा ३-१ ले पराजित भएको थियो । दुवै लेगमा पिएसजीका लागि किलियन एमबाप्पेले गरेका थिए । जसलाई रियाल मड्रिडले पछिल्लो केही सिजन देखी निरन्तर अनुबन्धनको प्रयास गर्दै आएको छ ।

समर्थकहरुले नेइमार र मेसीविरुद्ध नाराबाजी गरेका थिए । पिएसजीको जितमा एमबाप्पे, नेइमार र लियोनार्डो प्राडेसको समान एक गोल रह्यो । मेसीको प्रहारमा भने पोस्ट बाधक बन्यो ।

पिएसजी ६५ अंकसहित शीर्ष स्थानमा छ जुन दोस्रो स्थानको मार्सेली भन्दा १५ अंक बढी हो ।

 साविक विनेता पिएसजीले लिग वानको उपाधि रक्षा गर्नेमा दुबिधा नभए पनि अग्रताका बाबजुद च्याम्पियन्स लिगबाट बाहिरिएपछि समर्थक निराश भएका हुन् ।