नेपाली फुटबल

शाहलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगराउन उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ( एन्फा) का वित्तीय निर्देशक निरञ्जन शाहलाई निलम्बन गर्ने संघको निर्णय कार्यान्वयन नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

एन्फाका उपाध्यक्ष विर बहादुर खड्काले शाहले आर्थिक हिनामिना गरेको भन्दै प्रतिवेदन बुझाएपछि उनी निलम्बनमा परेका थिए । शाहलाई हवाई टिकटको मुल्य बढाएर भुक्तानी गरेको आरोप छ ।

न्यायाधिश भेषराज अधिकारीको एकल इजलासले शाहमाथिको निलम्बन तत्काल कार्यान्वयन नगराउन आदेश दिएको हो ।

‘दुवै पक्षबीच छलफल गराई अन्तरिम आदेश दिने वा नदिने सम्बन्धमा निर्णयमा पुग्नु उपयुक्त देखिएकाले मिति २०७८–१२–६ का दिन अन्तरिम आदेश छलफलका लागि उपस्थित हुन आउनु भनी विपक्षीहरुलाई सुचना दिई सोही बमोजिम निवेदकलाई तारेख तोकी नियम अन्ुसार पेश गर्नु । साथै सोही अबधीसम्मको लागि च.नं ८१४–०७८–०७९ मिति २०७८–११–११ को निवेदक निरंञ्जन शाहलाई निलम्बन गरिएको पत्र कार्यान्वयन नगरि यथास्थितीमा राख्नु भनी मुलिकी देवानी कार्यविधी संहिता,२०७४ को दफा १९८(२) र उच्च अदालत नियमावली २०७३ को नियम ४२(१ क) बमोजिम विपक्षीहरुका नाममा अल्लपकालिन अन्तरिम आदेश जारी गरिएको छ । सो को सुचना विपक्षीहरुलाई दिनु, आदेशमा भनिएको छ ।’