फिफा

युक्रेन र स्कटल्यान्डबीचको खेल स्थगित

इडेनबर्ग । कतार विश्वकप २०२२ को युक्रेन र स्टकल्यान्डबीच मार्च तेस्रो साताका लागि तय प्लेअफ सेमिफाइनल स्थगित भएको छ । 

रुसी सेनाले सैन्य कारवाही गरेपछि मार्च २४ मा तय भएको खेल स्थगति गर्न युक्रेनले फिफा समक्ष प्रस्ताव गरेको थियो ।  फिफाले रुसमाथि भने प्रतिबन्ध लगाइसकेको छ ।

त्यस्तै मार्च २९ का लागि तय वेल्स र अस्ट्रियाबीचको प्लेअफ सेमिफाइनल पनि  हालका लागि स्थिगित भएको छ । फिफाले रोकिएका यी खेलहरु जुनमा गर्ने तयारी गरेको छ ।

कतार विश्वकप २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ ।

युक्रेनले खेल स्थगित गर्न फिफा समक्ष प्रस्ताव गरेपछि स्कटिस अध्यक्ष रोड पेट्री द्धन्दकोबीचमा फुटबल महत्वपूर्ण नभएको बताएका थिए ।