इटालियन सिरी ‘ए’

हामी जितको लागि याेग्य थियाैं: पियोली

रोम । कोपा इटालीअन्तर्गत मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानसँग गोलरहित बराबरी खेलेपछि मुख्य प्रशिक्षक स्टेफानो पियोलीले एसी मिलान जितको लागि याेग्य भएको प्रतिक्रिया दिएका छन् ।

सिरी ‘ए’ उपाधिको दोस्रो स्थानमा होडमा रहेको एसी मिलान इन्टरभन्दा दुई अंकले अघि छ । लिगमा एसी मिलानले २७ खेलबाट ५७ अंक जोड्दा तेस्रो स्थानको इन्टरले २६ खेलबाट ५५ अंक जोडेको छ ।

‘मिलानले राम्रो खेल्यो र बराबरीभन्दा माथिल्लो नतिजाका लागि योग्य थियो । तर, हामीले दुई लेगलाई हेर्दा यो नतिजा राम्रो छ । तर पनि हामी जितको योग्य थियौं,’ उनले भने, ‘यो आधा नतिजा मात्र हो । हामीलाई थाहा छ, दोस्रो लेग योभन्दा कठिन हुन्छ । तर, म खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु ।’

एसी मिलानले अप्रिल २० मा सेमिफाइनलको दोस्रो लेगमा इन्टरसँग प्रतिस्पर्धा गर्नेछ ।