आइसिसी वरियता

आइसिसी वरीयताः ट्वान्टी २० बलिङमा सन्दीपको सात स्थान सुधार

दुबई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० बलिङ वरीयताको ३६औं स्थानका उक्लिएका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेका वरीयतामा सन्दीपले गतहप्ताको भन्दा सात स्थान सुधार गरे । सन्दीप गतहप्ता वरीयताको ४३औं स्थानमा थिए ।

यस्तै, नेपाली टोलीका बलर अविनाश बोहराले पनि चार स्थान सुधार गरेका छन् । यसअघि पछिल्लो हप्ता वरीयतको ८६औं स्थानमा रहेका अविनाश ८२औं स्थानमा उक्लिएका छन् ।

ट्वान्टी २० बलिङ वरियताको शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन । वरियताको शीर्ष स्थानमा दक्षिण अफ्रिकी बलर तबरेज साम्सी, दोस्रोमा अस्ट्रेलियाका जस हेजलउड, तेस्रोमा इङ्ल्यान्डका आदिल राशिद, चौथोमा अस्ट्रेलियाका एडम जाम्पा र पाँचौ स्थानमा अफगानिस्तानका राशिद खान यथावत् छन् ।