रुस-युक्रेन तनाव

रुससँग फुटबल खेलेर आफ्नो सम्मान गुमाउन चाहदैनौंः अमेरिकी फुटबल संघ

न्युयोर्क । रुसविरुद्ध अन्तर्राष्ट्रिय खेल वहिष्कार गर्ने राष्ट्रहरुमा अमेरिका पनि थपिएका छ ।

बिहीबारदेखि राष्ट्रपती भ्लादिमिर पुटिनको आदेशमा रुसले युक्रेनमाथि बढाएको सैन्य कारवाहीको अहिले विश्वव्यापीरुपमा विरोध भइरहेको छ ।

फुटबलमा पनि यसअघि युइएफएले रुसको सेन्ट पिटरर्सबर्गमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिस सार्ने निर्णय गरिसकेको छ । यस्तै, विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युइएफएले रुसको क्लब तथा अन्तर्राष्ट्रिय टोलीलाई अनिश्चितकालसम्म प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

हाल यसैमा अमेरिका पनि थपिएको हो ।

‘अमेरिकाको फुटबल संघ युक्रेनी जनताको पक्षमा छ । हामी रुसले युक्रेनमाथि गरेको सैन्य कारवाहीको घोर निन्दा गर्दछौं । यस परिस्थितिमा रुससँग फुटबल खेलेर हामी आफ्नो मर्यादा गुमाउन र युक्रेनको अवहेलना गर्न चाहदैनौं,’ अमेरिकी फुटबल संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।