लिड्स युनाइटेड

मार्स लिड्सको मुख्य प्रशिक्षकमा नियुक्त

लन्डन  । लिड्स युनाइटेडले आरबी लाइपजिगका पूर्व प्रशिक्षक जेसे मार्सलाई टोलीको नयाँ मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

लिड्सले पूर्व प्रशिक्षक मार्सेलो बिएल्सालाई आइतबार बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको जिम्मेवारी ४८ वर्षीय मार्सलाई सुम्पिने निर्णय गरेको हो ।

‘यसबेला मलाई लिड्सको राम्रो लागेको पक्ष भनेको उनीहरुको प्रतिबद्धता हो । खेल जत्तिसुकै कठिन भए पनि अन्तिमसम्म सही रुपमा खेल्न आवश्यक हुन्छ,’ मार्सले भने, ‘समर्पण नगरी एकअर्काको लागि लड्न पर्छ । समर्थकहरुका लागि खेल्नुछ भन्ने मानसिकतासाथ खेल्नुपर्छ । जसलाई म मन पराउछु ।’

यस्तै, क्लबका निर्देशक भिक्टर ओर्टाले मार्सलाई प्रशिक्षकको रुपमा स्वागत गर्न पाउँदा आफू निकै खुसी रहेको बताए ।

‘हामी मार्सलाई प्रशिक्षकको रुपमा स्वागत गर्न पाउँदा हर्षित छौं र हाम्रो नयाँ यात्राका लागि उत्साहित छौं,’ ओर्टाले भने ।