बाँसबारी क्लब

अलराउन्ड द हिमालयज प्रालि बाँसबारी क्लबको मुख्य प्रायोजक

काठमाडौं । बाँसबारी क्लबले फागुन १८ गतेदेखि सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजन लिगको लागि टोलीको मुख्य प्रायोजकका रुपमा अराउन्ड द हिमालयज प्रालिसँग एक वर्षको लागि क्लबलाई प्रायोजन गर्ने भएको छ ।

मंगलबार क्लबको सहायक प्रशिक्षकमा निशान श्रेष्ठलाई नियुक्त गरेको जनाउँदै अराउन्ड द हिमालयज प्रालि मुख्य प्रायोजक रहने सार्वजनिक गरेको हो । अराउन्ड द हिमालयजले क्लबलाई १० लाख रुपैयाँ प्रदान गर्नेछ ।

यससँगै क्लबको नाम अराउन्ड द हिमालयज बाँसबारी क्लब रहनेछ भने सम्झौता अवधिभर क्लबले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा क्लबको जर्सीमा प्रायोजकको लोगो अंकित हुनेछ ।

क्लबले यसपटक ‘बी’ डिभिजन लिगका लागि २३ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको छ । टोलीको मुख्य प्रशिक्षकका रुपमा प्रशिक्षक निरन बिष्ट र सहायक मा निशान श्रेष्ठ रहेका छन् । टोलीमा यसपटक ‘ए’ डिभिजनका अनुभव बोकेका खेलाडीहरुको पनि उपस्थिति रहेको क्लबले जनाएको छ ।

काठमाडौंको नगरपालिका वडा नम्बर ३ मा अवस्थित बाँसबारी क्लबको आफ्नै भवनलाई परिस्कृत गर्दै खेलाडीलाई आवासको व्यवस्थासहित हामीले आफ्नै मैदानमा नियमित प्रशिक्षण गराउँदै आएको छ ।

बाँसबारी क्लबका खेलाडीहरुः

अन्जन देवकोटा (कप्तान), टंकप्रसाद गुरुङ, सुलेमान थापामगर, रवि थापा मगर, रन्जीत श्रेष्ठ, उमेश कार्की, मिनष घले  भिष्मराज घिमिरे, निशान सुनार, विशाल स्याङतान, रोशन नेपाल, राजेश पौडेल, बिक्की राई, कोमल खवास, निसान रावल, प्रदीप बोगटी, सञ्जय धिमाल, सुमित श्रेष्ठ, राजकुमार कुँवर, सुदाङस महतो, सन्दिप सेन्चुरी, हार्दिक भण्डारी, सुरज कार्की,  अमित टमाटा र प्रीन्स महर्जन