पेले

पेले अस्पतालबाट डिस्चार्ज

ब्रासिलिया । ब्राजिलियन फुटबल महारथी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत आइतबार पिसाब नलीमा समस्या देखिएपछि पेले ब्राजिलको साओ पाउलो अस्पताल भर्ना भएका थिए । आठ दिनदेखि अस्पताल भर्ना भएका पेले समस्यामुक्त भएको डाक्टरले सोमबार जानकारी दिए ।

‘पेलेको स्वास्थ्य अवस्था स्थिर छ । उनको समस्या समाधान भइसकेको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सेप्टेम्बर २०२१ मा देखिएको कोलोन ट्युमरको भने उपचार गराइरहने छन् ।’

यसअघि ८१ वर्षका पेले कोलोन ट्युमरको उपचारको लागि गत डिसेम्बर आठ मा भर्ना भएर डिसेम्बर २३ मा डिस्चार्ज भएका थिए ।

तीन पटक विश्वकपको उपाधि जितेका पेले चार फरक विश्वकपमा गोल गर्ने चार खेलाडीमध्येका एक हुन् ।

उनले ब्राजिलको लागि ९२ खेलमा ७७ गोल गरेका थिए । पेलेलाई पछ्याइरहेका पेरिस सेन्ट जर्मन (पिएसजी) का फरवार्ड नेइमारले ७० गोल गरेका छन् ।