युरोपा लिग

युरोपा लिग: बार्सिलोना र नेपोली भिड्दै

पेरिस । बार्सिलोनाले बिहीबार युरोपा लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ । युरोपा लिगको नकआउटको पहिलो लेगमा बार्सिलोनाका फेरान टोरेसले पेनाल्टीमा गरेको गोलसँगै घरेलु मैदानमा नेपोलीसँग १-१ को बराबरी खेलेको थियो ।

युइएफएलेले यो सिजन अवे गोलको नियम हटाएको कारण बार्सिलोनालाई स्टाडियो डिएगो अर्मान्डो म्याराडोनाको मैदानमा सहज हुनेछ । सन् २००३/०४ सिजनपछि बार्सिलोनाले पहिलो पटक युरोपा लिग खेलिरहेको छ । तर, मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले पाँच खेलमा अपराजित रहँदै टोलीको अझै पनि लय नगुमेको प्रमाणित गरेका थिए ।

डिसेम्बरमा बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत पहिलो र दोस्रो लेगमा बार्यन म्युनिखसँग पराजित भएको थियो । यस्तै, आइतबार ला लिगाअन्तर्गत बार्सिलोनाले भ्यालेन्सियामाथि ४-१ को जित निकाल्यो । बार्सिलोनाको जितमा पिएर एम्रिक औबामियाङले ह्याट्रिक गरेको थिए ।

सिरी ‘ए’ अन्तर्गत सोमबार कागलेरीसँग १-१ को बराबरी खेलेको नेपोली तालिकाको तेस्रो स्थानमा छ । पहिलो लेगमा डर्टमन्डमाथि ४-२ को जित निकालेको रेन्जर्सले बिहीबार राति नै बोरुसिया डर्टमन्डसँग दोस्रो लेग खेल्दैछ । रेन्जर्स डर्टमन्डलाई पराजित गर्दै युरोपेली फुटबलमा सबैभन्दा ठूलो जित निकाल्न चाहन्छ ।

स्कटिस च्याम्पियन रेन्जर्सले डर्टमन्डलाई पराजित गरे युरोपा लिगको इतिहासमा सबैभन्दा राम्रो नतिजा हुनेछ । तर, त्यसको लागि डर्टमन्डका स्ट्राइकर एर्लिङ हालान्डलाई रोक्न आवश्यक छ ।

नर्वेजियन स्ट्राइकर हालान्डले यो सिजन क्लबको लागि २० खेलमा २३ गोल गरेका छन् । चोटका कारण रेन्जर्सविरुद्धको पहिलो लेग र घरेलु लिगका तीन खेल गुमाएका उनी प्रशिक्षणमा फर्किसकेका छन् । रेन्जर्सविरुद्धको खेलमा हालान्ड फर्किने सम्भावना प्रवल छ ।

बार्सिलोना अन्तिम १६ मा पुग्न चाहने चार स्पेनिस टिममध्येको एक हो । रियाल सोसीडाड जर्मन क्लब आरबी लेपजिङलाई पराजित गर्दै प्रतियोगितामा अगाडि बढ्न चाहन्छ । रियाल बेटीसले रसियन क्लब जेनिटलाई पहिलो लेगमा ३-२ ले हराएको थियो ।

६ पटक युरोपा लिग च्याम्पियन सेभियाले यो सिजनको फाइनल घरेलु मैदानमा आयोजना गर्दैछ । सेभियाले पहिलो लेगमा डाइनामो जाग्रेबलाई ३-१ ले हराएको थियो । त्यो अग्रता कायम राख्दै सर्वाधिक सफल क्लब सेभिया अगाडि बढ्ने लक्ष्यमा हुनेछ ।

युरोपा लिग नकआउट राउन्ड प्लेअफ दोस्रो लेगका खेलहरू:

- डाइनामोविरुद्ध सेभिया
- ओलम्पियाकोसविरुद्ध एट्लान्टा
- रियाल सोसीडाडविरुद्ध आरबी लेपजिङ
- लाजिओविरुद्ध बार्सिलोना
- रियाल बेटीसविरुद्ध जेनीट सेन्ट पिटर्सबर्ग
- रेन्जर्सविरुद्ध बोरुसिया डर्टमन्ड
- ब्रागाविरुद्ध सेरिफ टिरासपोल