राजधानी एन्जल्स् सेभेन ए साइड’ फुटबल प्रतियोगिता

राजधानी एन्जल्स सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने

काठमाडौं । राजधानी युवा क्लब एवम् एन्जल्स् स्पोर्टस एकेडेमीले ‘राजधानी एन्जल्स् सेभेन ए साइड’ खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १३ गतेदेखि सुरु हुने आयोजकले जानकारी दियाे। आयोजकले प्रतियोगितामा ३० वा सोभन्दा धेरै टोलीको सहभागिता हुने बताए पनि सबै टोली टुुङ्गो लागिनसकेका बताए ।

नकआउट पद्दतीमा हुने प्रतियोगितामा कुल १० लाख ७० हजार खर्च हुने आयोजक राजधानी युवा एवम् एन्जल्स् स्पोर्टसले जानकारी दियाे ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । यस्तै, प्रतियोगिताको तेस्रो हुने टोलीसँगै बेस्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्डर, गोलकिपर र बेस्ट प्रशिक्षकलाई पनि नगदसहित पुरस्कृत गरिने आयोजकले जनाए ।