सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा थ्री स्टारलाई अग्रता

काठमाडौं । ऋतिक खड्काको गोलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ११ औं चरणको पाँचौ खेलको पहिलो हाफमा थ्री स्टारले १-० को अग्रता लिएको हो ।

२१औं मिनेटमा संजोक राईको पासलाई ऋतिकले जाली चुमाएका थिए ।

थ्री स्टार १० खेलमा १७ अंकसहित चौथो स्थानमा छ । पुलिस क्लब समान खेलमा १० अंकसहित १० औं स्थानमा छ ।

यसअघि बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा साविक विजेता मछिन्द्रले सातदोबाटो युथ क्लबमाथि १-० को जितसहित दुई खेल अगावै लिग उपाधि रक्षा गरिसकेको छ ।