आइसिसी वरियता

ट्वान्टी २० वरियताः ब्याटिङतर्फको शीर्ष स्थानमा बाबर यथावत्

दुबई । आइसिसी ट्वान्टी २० क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका कप्तान बाबर आजम यथावत् रहेका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताको दोस्रो स्थानदेखि पाँचौ स्थानसम्म यसअघिकै ब्याटरहरु यथावत् छन् ।

वरियताको दोस्रो स्थानमा पाकिस्तानी ब्याटर मोहम्मद रिजवान, तेस्रोमा दक्षिण अफ्रिकाका आइदेन मार्करम, चौथोमा भारतीय ब्याटर लोकेश राहुल र पाँचौमा इङ्ल्यान्डका डेभिल मलान छन् ।

वरियताको छैटौं स्थानमा न्युजिल्यान्डका डेविड कोनवे उक्लिएका छन् । कोनवे यसअघि वरियताको सातौं स्थानमा थिए ।

यसैगरि, सातौं स्थानमा अस्ट्रेलियाका आरोन फिन्च, आठौंमा दक्षिण अफ्रिकाका भान डेर डुसेन, नवौं स्थानमा न्युजिल्यान्डका मार्टिन गप्टिल र १०औं स्थानमा भारतीय ब्याटर विराट कोहली छन् ।

यस्तै, ट्वान्टी २० अलराउन्डर वरियतामा अफगानिस्तानका मोहम्मद नाबी यथावत् छन् । वरियताको दोस्रो स्थानमा बंगलादेशी अलराउन्डर साकिब अल हसन, तेस्रोमा इङ्ल्यान्डका मोइन अलि, चौथोमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र पाँचौं स्थानमा श्रीलंकाका वनिन्दु हसरंगा छन् ।

वरियताको बलिङतर्फ एक स्थान सुधार गरेका दक्षिण अफ्रिकी बलर तबरेज साम्सी शीर्ष स्थानमा उक्लिएका छन् । यस्तै, स्थानमा चार स्थान सुधार गरेका अस्ट्रेलियाका जस हेजलउड दोस्रो स्थानमा उक्लिँदा तेस्रो स्थानमा वनिन्दु हसरंगा छन् । चौथो स्थानमा इङ्ल्यान्डका अदिल राशिद र पाँचौं स्थानमा अस्ट्रेलियाका एडम जाम्पा छन् ।