युरोपियन च्याम्पियन्स लिग

सिटीले अझ राम्रो प्रदर्शन गर्न सक्छ: पेप ग्वार्डिओला

लन्डन । कीर्तिमानी जितका बावज म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले खेलाडीले अझ उत्कृष्ट प्रदर्शन गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा मंगलबार स्पोर्टिङ सिपीलाई ५–० गोलको फराकिलो अन्तरमा हराउँदै सिटी प्रतियोगिताको अवे खेलमा ४ गोलभन्दा धेरैको जित निकाल्ने पहिलो टोली बन्यो ।

सिटीको जितमा बर्नाडो सिल्भाले दुई गोल गोल गर्दा रियाद महारेज, फिल फोडिन र रहिम स्टर्लिङले समान एक गोल गरे ।

‘केही खेलाडीको कमजोर प्रदर्शन थियो । त्यसैले हामीले सहज बलहरु गुमायौं । तर, हामीले त्यसलाई सधार्दै लग्यौं,’ एन्सेलोट्टीले भने, ‘सुरुआती पाँच, ६ मिनेटसम्म स्पोर्टिङ सिपीले स्तरिय प्रदर्शन गर्यो । यो राम्रो नजिता आएको एक सामान्य खेल हो । हामीले क्वार्टरफाइलन प्रवेशका लागि अझै एक खेल खेल्न बाँकी छ । तर, मसँगै मेरा खेलाडीहरुलाई हामीले अझ उत्कृष्ट नजिता निकाल्न सक्छौं भन्ने थाहा छ ।’